Showing posts with label समयको कलम. Show all posts
Showing posts with label समयको कलम. Show all posts

Wednesday, 23 May 2018

गजल

Posted by Unknown | 22:43 Categories:

जति सम्हाल्यो उति बिग्रन्छ घर छक्क पर्छु

मान्छेको पुर्खा हो रे यो बाँदर छक्क पर्छु


जवानीभरी सोचिन्छ घरबार एक जना सँग

अर्कैसँग भइदिन्छ जीवन सफर छक्क पर्छु


रुप हेरेर हैन मन हेरेर माया गर्छु भन्नेले नै

किन लाउँछ यो अधरमा नजर छक्क पर्छु


मर्दा सम्म पनि जसले साथ देला जस्तो हुन्छ

बाँच्दा उसैले पार्दिन्छ अभर छक्क पर्छु


महंगी छ धुलो छ समस्या छ सबैथोकको

अझै किन बस्छ मान्छे सहर छक्क पर्छु।।


गजल

Posted by Unknown | 22:40 Categories:

मर्दैन मान्छे केवल धड्कन नभएर

जान्छ मनमा भुकम्प कम्पन नभएर


मान्छेहरु खुशी सुखी कहिल्यै देखिनँ

भएर पनि कति कति निर्धन नभएर


यो सृष्टि बुझ्ने त भित्री मनले न हो

हुँदैन कोहि पनि अन्धो नयन नभएर


आफू श्रेष्ठ हुन लाई त दुख झेल्नै पर्छ

सुन पनि त हुँदैन शुद्ध जलन नभएर


जनक बुद्ध देशमा कति छन् कति छन् 

गर्भमै छन् तर ती उत्खनन नभएर।।

Saturday, 18 March 2017

गजल

Posted by Unknown | 19:12 Categories: ,

जिस्काउँदै गर मायामा फसेपछी थाह होला
यो मन पनि सागरै हो खसेपछी थाह होला

चन्चल भाव तिम्रो पनि अनि गम्भीर बन्नेछ
ती ओठमा यी ओठ मेरा धसेपछी थाह होला

गएपछि कहिले पनि फर्कनलाई कोहि सक्दैन
बुझ्छ्यौ तिमी यो मनभित्र पसेपछि थाह होला

चुपचाप म बस्दा खेरी नामर्द नै भन्न खोज्छ्यौ
को हुँ आलिंगनमा च्याप्पै कसेपछी थाह होला

यौवन के हो भन्दै घरिघरि तिमी सोध्दै छौ नि
तिमी र म एकान्तमा बसेपछि थाह होला।।

०१-०२-२०१७

Thursday, 8 December 2016

गजल

Posted by Unknown | 06:58 Categories: ,

आसमान बाट धरती सारा समथर देखिन्छ
न कसैको ठूलो न कसैको सानो घर देखिन्छ

मान्छे विद्वान बन्न खोजेर मात्र होला सायद
मेरो तेरो धनी गरिब अनेकौं असर देखिन्छ

जति पुजा गरे पनि मन्दिरमा साक्षात भेटिँदैन
समय सँगै यो भगवान पनि क्या जबर देखिन्छ

हेर्ने नजर मान्छेकै यदि खोटो हुँदो हो त
अमृत भन्ने जानी जानी उही जहर देखिन्छ

सुख दुख जिन्दगीका सारा भुली सोच्ने गर्छु
जीवन भन्नू जन्म देखि मृत्युको सफर देखिन्छ।

समय अधिकारी
सिनाम ताप्लेजुङ
पोष्ट गर्दा काठमाडौ 😃
२३ मंसिर २०७३
८:४५ रात्री

Friday, 26 August 2016

गजल

Posted by Unknown | 20:33 Categories: ,

मैले भनेको मान अबेला हुँदैछ
एकै  पार्न ज्यान अबेला हुँदैछ

सिंदुर,पोते,चुरा लगाइ तिमीलाई
मेरो घरमा लान अबेला हुँदैछ

कतिन्जेल एक्लो  जिन्दगी ज्युने?
भंग गर ध्यान अबेला  हुँदैछ

भेट्दा गाउँका भन्दैछन् साथिभाई
बिहे तेरो खान अबेला हुँदैछ

लौ अब नकटाउँ मंसिरको यो पन्ध्र
गर गहना छान अबेला हुँदैछ।

गजल

Posted by Unknown | 20:33 Categories: ,

सँगै हात समाएको बिर्सिएकी छैनौ होला
त्यो रातमा रमाएको बिर्सिएकी छैनौ होला

चिनाजानी नयाँ थियो आलिंगनमा तिमी हुँदा
जिउ सारा कमाएको बिर्सिएकी छैनौ होला

शिशिर याम उसैमाथी चिसो हावा चल्दै गर्दा
जुनको रापमा घमाएको बिर्सिएकी छैनौ होला

पानी पानी हुँदा ज्यान सामिप्यता तिम्रो मेरो
त्यो ज्यान म मै थमाएको बिर्सिएकी छैनौ होला

थाह पत्तै नदिएर आज बाटो मोडिछौ नि
सपना मनमा जगाएको बिर्सिएकी छैनौ होला।

Tuesday, 19 July 2016

गजल

Posted by Unknown | 20:24 Categories: ,

जसरी हाम्रो शिर बाट केश अलग हुन्न
हुन्न हिमाल पहाड बाट मधेश अलग हुन्न

स्वार्थ पूरा गर्नलाई जातियता ल्याइयो
साझा फुलबारी नेपाल संदेश अलग हुन्न

हामी स्वयं सचेत हुने बेला आएको छ
संसार रहे सम्म भाषा भेष अलग हुन्न

बगाएर पसिना पैसा देशमै भित्र्याउँछौँ
मुटुभरी माया देशकै बिदेश विशेष हुन्न

ज्यानको बाजि लगाउँछु थोपा रगतसम्म
मेची काली एकै सिंगो देश अलग हुन्न

Sunday, 12 June 2016

गजल

Posted by Unknown | 20:25 Categories: ,

जिन्दगी यो सपना भइदिए मात्र हुन्थ्यो
दुख कोरा कल्पना भइदिए मात्र हुन्थ्यो

यथार्थ भएपनी मलाई उनको न्यानो साथ
दैवको केवल रचना भइदिए मात्र हुन्थ्यो

असम्भव छ हरपल भेट्न आउ म भन्दिनँ
उनको मनमा याद घना भइदिए मात्र हुन्थ्यो

ढिलो चाँडो मात्र हो मायामा मिलन हुन्छ
उनमा यहि चाहना भइदिए मात्र हुन्थ्यो

यो मनमा भेट्ने चाह अदभूत बढि दिँदा
भेटाइदिने एक लहना भइदिए मात्र हुन्थ्यो।

गजल

Posted by Unknown | 20:25 Categories: ,

मनमा अर्को कोहि छैन धरोधर्म तिम्रो कसम
मेरो माया झुठो हैन धरोधर्म तिम्रो कसम

बाँच्न तिमी बिना म सक्दिनँ भन्दिनँ म
तर मनमा हुन्न चैन धरोधर्म तिम्रो कसम

जबदेखी माया गरेँ भर जुनि गरि रहहन्छु
यतिन्जेल अर्काको भइनँ धरोधर्म तिम्रो कसम

बिश्वास गर बिग्रीएको छैन तिम्रो त्यो समय
सोचाइमा नि अन्त गइनँ धरोधर्म तिम्रो कसम

पत्थर जस्तै बनिदिन्छ धेरैलाई यो हृदय
तिम्रै लागि हरपल मैन धरोधर्म तिम्रो कसम

गजल

Posted by Unknown | 20:25 Categories: ,

तिमीलाई सातै जुनि माग्थेँ यदि पुग्थ्यो भने
यो जिन्दगी तिम्रै लागि भाक्थेँ यदि पुग्थ्यो भने

मेरो मनको ठूलो चाह तिम्रो मुहारमा खुशी
आफैँलाई बन्धकी म राख्थें यदि पुग्थ्यो भने

छाला भित्र हाड अनि उसैभित्र भाग्य भन्छन्
भाग्यलाई पटकपटक चाख्थेँ यदि पुग्थ्यो भने

पाउन नसकिने रहेछ भाग्य भन्दा धेरै यहाँ
पाउन भाग्य निरन्तर लाग्थेँ यदि पुग्थ्यो भने

संस्कृतिका बन्देज हरु छरपष्ट हुँदाहुँदै
चाहनामा तिम्रो सारा नाघ्थें यदि पुग्थ्यो भने

Monday, 16 May 2016

गजल

Posted by Unknown | 20:40 Categories: ,

पोख्नु हुन्न यी नयनमा ठुलठुला तालहरु छन
जिन्दगीमा सुल्झाउने अनेकन सवालहरु छन

बिछोडको भुमरीले मायाको घर उडाइदियो
मुटु ढाक्ने जसोतसो संझनाका पालहरु छन

रातदिनको पीडामा जल्दा जीवन  कति चल्ला?
मिठा मिठा कल्पनाका धेरै ती सालहरु छन

भेटिएन कोहि मनलाई यथार्थमा माया गर्ने
देखावटी माया दिने सामाजिक संजालहरु छन

भेदभावकै कठघरामा अझै कति बस्छ समाज?
फेरिए नि युग मनमा उही पुरानै पर्खालहरु छन

Saturday, 14 May 2016

गजल

Posted by Unknown | 20:51 Categories: ,

खोजेको थिएँ तिम्रो साथ पाएँ अब ढुक्क भयो
तिमीलाई यो साथमा नै ल्याएँ अब ढुक्क भयो

जग्गे बिचका सम्बन्ध त छुटेका छन आँखै अघि
मनमै साथै ज्युने कसम खाएँ अब ढुक्क भयो

सयौँ जुनि किन चाहियो यहि जुनिमा तिम्रो हुँदा
मुटु धड्कन तिम्रै जिम्मा लाएँ अब ढुक्क भयो

इर्ष्या गर्ने  धेरै होलान हाम्रो यो मीठो माया देखि
बेवास्ता गरि तिम्रो हात समाएँ अब ढुक्क भयो

छिचोल्दै जिवनका रंग सम्हाल्दै त्यो जवानीलाई
प्रेमको गित तिमी सँगै गाएँ अब ढुक्क भयो

Friday, 13 May 2016

गजल

Posted by Unknown | 20:32 Categories: ,

प्यार गर्नेहरुका उदाशी नजर छन
जवानी लुट्नेका प्यासी नजर छन

काट्न भएन कुरो घर परिवारको
बेहुलिका देख्दैछु दासी नजर छन

लुक्दैन प्रतिभा रबि जो नपुगुन
कर्मठ मनुष्यका साहसी नजर छन

उद्दण्ड लुक्दैन अधरले खोलिन्छ
हजारौँका सर्वत्र बदमासी नजर छन

बुढेशकालको सहारा भइदियो छोरो
दैवमा बाआमाका स्याबासी नजर छन

गजल

Posted by Unknown | 20:32 Categories: ,

रोशनी हरायो र सपना हरायो
मन यो हरायो र कल्पना हरायो

जसलाई मनबिच बाँध्नलाई खोजेँ
आँखा भो झिमिक्क गहना हरायो

भाग्यले एकदिन डोर्‍याउँछ सुखमा
सुनेथेँ लाग्दैछ लहना हरायो

अब के आशाले मन्दिर म जानू
भएको देवताको थपना हरायो

संसार जितौँला लाग्दैथ्यो जिवनमा
अब त बाँच्ने नै चाहना हरायो

Tuesday, 12 April 2016

गजल

Posted by Unknown | 23:06 Categories: ,

घर बनाउन दे सरकार राहत चाहिएको छैन
देश रित्याउने तेरो आदत चाहिएको छैन

नियमको अभाव बनाइ पालमुनि किन राख्छस
ठडिन्छ घर तेरो  लागत चाहिएको छैन

हाम्रो नाम बेची करोड थुपार्ने अरु नै छन
घरैभित्र अर्को स्वागत चाहिएको छैन

पुनर्निर्माण आयोग के लाई अनि किन ढिला
हामीलाई नियम बाधक चाहिएको छैन

जे छ जे छौँ सारा हामी आफैँमा पुर्ण छौँ
देखावटी तेरो लागत चाहिएको छैन।



२०७३-०१-०१

Monday, 11 April 2016

आशा पूरा जीवनमा होस नयाँ सालको शुभकामना
शान्ति हरदम मनमा होस नयाँ सालको शुभकामना

प्रदुषित बिश्वकै हाम्रो राजधानी हुनुहुन्न अब
शुद्धता यो पवनमा होस नयाँ सालको शुभकामना

नबेचिउन मान्छेहरु पैसाको पछि लाग्दै अझै
मानवता हर धड्कनमा होस नयाँ सालको शुभकामना

मधेसी पहाडी भन्छौँ बुझौँ पहिले नेपाली हौँ
समानता हर नयनमा होस नयाँ सालको शुभकामना

बोलिको भरमा हुने भए यो देश स्वर्ग बन्थ्यो
पुर्णता नेता बचनमा होस नयाँ सालको शुभकामना

#समय
२०७२-१२-३०

Wednesday, 30 March 2016

गजल

Posted by Unknown | 20:44 Categories: ,

दुरि धेरै भएर हो तारामा नि ताप छ
देखिन्न हरेकको मन भित्र राप छ

देशबाट धेरै टाढा बसेको छ परदेशी
राष्ट्रियता मनमा खाप माथी खाप छ

आफ्नो खुशी मान्छे खै कहाँ गर्दो हो
मताधिकार गर्न लाई पनि करकाप छ

मन मुहारमा खुल्दैन डुब्न सक्नुपर्छ
बुझ्छ को नयनमा कसमा कति चाप छ

बर्तमानमा बाँच्दा रमाइलो जिन्दगी आहा
हेर्दैछु भविष्य एकदमै धराप

गजल

Posted by Unknown | 20:44 Categories: ,

निष्ठुरी भो जगत यहाँ प्यार भेटिँदैन
खोजे जस्तो कहिँ कतै दिलदार भेटिँदैन

लडेको मान्छेलाई कुल्चिएर हिँड्छ्न
बिपतमा पर्दा पनि उद्धार भेटिँदैन

शिक्षाले चेतनाको बिकाश गर्दा होला
सोचाइमा समाजको सुधार भेटिँदैन

हत्या,बलात्कारका धेरै छन प्रमाण
गौरव गर्न योग्य कुनै अखबार भेटिँदैन

अझै कति भक्ती गर्न मन्दिर तिर जाउँ?
भगवानले सुन्ने कुनै पुकार भेटिँदैन

गजल

Posted by Unknown | 20:44 Categories: ,

मान्छेले ढुंगलाई भगवान भनिदियो
मन्दिर जानू देवता भेट्नु समान भनिदियो

मान्छे मारेर जो सत्ता सम्हाल्न पुग्यो
अज्ञानी जमातले महान भनिदियो

भ्रष्टचारीलाई मैले जुत्ता माला दिएँ
कानुनले त्यो साहस अपमान भनिदियो

देश लुट्ने अझै मौका दिनलाई होला
राजनीतिले वृद्ध लाई जवान भनिदियो

म सफलताको चरम चुली पुग्दै थिएँ
ईर्ष्या गर्‍यो समाजले सावधान भनिदियो

गजल

Posted by Unknown | 20:44 Categories: ,

टुक्रीएको एउटा दिल छ जिवनमा
आशाहरु सबै शिथिल छ जिवनमा

समय थोरै छ भ्याइनभ्याई आफू
अनेक वाधाबिच मन्जिल छ जिवनमा

जो किन गाह्रो फुटे जोड्नै नहुने
नाता रहेछ संवेदनशील छ जिवनमा

भार ठानी जिन्दगीलाई मार्छन कोहि
कोहि बाँच्न गर्दैछ्न अपिल जिवनमा

गुनासो निराशामा कति बाँचौ आफैँ
अब जमाउनु  मेहफिल छ जिवनमा

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube